डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र
लण्डन। लण्डनस्थित नेपाली दूतावासले यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ। डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो।
समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसका साथै दूतावासले डेलीमेललाई पत्र पठाएर आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ।
विश्व स्वास्थ सङ्गठनले हिजै ट्वीटर ह्याण्डलमार्फत सार्स-कोभ-२ को तीन किसिमका भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ। साथै नयाँ किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेको उल्लेख गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment