खोरिया : रामायण (कविता)

डिसी नेपाल
२२ जेठ २०७८ ७:०१
84
Shares

अयोध्या नामी देशमा
सुन्दर भाषा भेषमा
थिए दशरथ राजा
सबैका साझा

कौशल्या अनि कैकेयी
सुमित्रा रानी त्रिभई
भरत शत्रुघ्न नाम
लक्ष्मण राम

सुपुत्र चारै प्रतापी
आज्ञाकारी र प्रभावी
बिश्वामित्र गुरूदेव
ज्ञानी बिवेक

जनकपुर देशमा
उठाए धनु शेषमा
सीतारामको बिहे भो
लक्ष्मी बिष्णु हो

चौधनै वर्ष वनमा
सबका प्रिय मनमा
सुनको मृग लौ चर्यो
जानकी हर्यो।

बानर सेना साथमा
पवनपुत्र हातमा
युद्ध भो रावण राम
महासंग्राम।

असत्य माथि सत्यको
विजय आदि अन्त्यको
श्रीलंकापुरी नगरी
जय श्री हरि।

सुग्रीव जाम्व लक्ष्मण
हनुमान बिभिषण
सीतारामको सवारी
प्रभुजी न्यारी।

वाल्मीकि ऋषि सिर्जित
नेपाली भानु लिखित
रामायणको कथा हो
मर्यादा अहो।

तानसेन ,पाल्पा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *