कोरोना अपडेटः ५ हजार ४२ जना संक्रमित थपिए, ८ हजार २४३ निको भए
काठमाडौं। गत २४ घण्टामा नेपालमा ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ८ हजार २ सय ४३ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ३ सय ४३ परीक्षण गर्दा १ हजार ५ सय २ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। गएको २४ घण्टामा ६८ जनाको कोरोनाका कारण ज्यान गएको छ।
हालसम्म नेपालमा ५ लाख ८५ हजार १ सय जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। जसमध्ये ७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ८४ हजार ३ सय ७३ जना निको भएका छन्।
हालसम्म निको हुने दर ८२.७८ प्रतिशत रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment