बिपिसीद्वारा नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
स्याङ्जा । बुटवल पावर कम्पनी (बिपिसी) ले गल्याङ नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बिपिसी आँधिखोला जलविद्युत केन्द्र, गल्याङका प्रमुख डोल खरेलले करीब सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष भूपराज अधिकारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख अधिकारीले कोरोना महामारीका समयमा बिपिसीले विरामीको उपचारमा प्रयोग हुने महत्वपूर्ण सहयोग गरेको बताए । आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोल खरेलले अस्पतालसँग समन्वय गरी अत्यावश्यक सामग्री सहयोग गरिएको बताए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment