नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय क्रिकेट सिरिज स्पेनमा हुने
काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने भएको छ।
स्कटल्याण्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा सर्न सक्ने सम्भावना रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
आइसीसीको पत्र आउन बाँकी रहे पनि खेल स्पेनमा सर्ने पक्कापक्की जस्तै भएको क्यानले बताएको छ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ।
लिगमा ४ खेलमा ४ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment