जोर्डनसँग नेपाल ०-३ गाेल अन्तरले पराजित

डिसी नेपाल
२४ जेठ २०७८ २३:४०
416
Shares

काठमाडौं। फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनौट खेलमा सोमबार नेपाल जोर्डनसँग पराजित भएको छ। कुवेतको राजधानीस्थित रंगशालामा भएको खेलमा नेपाल गोल ०-३ गाेल अन्तरले पराजित भयो। नेपालले खेलमा एक पनि गोल गर्न सकेन। नेपालभन्दा निकै बलियो देखिएको जोर्डनले खेलको पहिलो हाफमा नेपाल एक गोल गरेको थियो। उसले दोस्रो हाफमा गोल गर्यो।

नेपालले पहिलो गोल खेलको २४ औं मिनेटमा पेनाल्टीबाट खाएको थियो। दोस्रो गोल नेपालले दोस्रो हाफ शुरु भएको केही मिनेटमै खाएको थियो। फ्रि किकमा नेपालले दोस्रो गोल खाएको थियो। तेस्रो खेल जोर्डनका खेलाडी हेडिंगमार्फत गरेका थिए।

खेलको २४ औं मिनेटमा नेपालले पेनाल्टीमार्फत गोल खान पुगेको थियो। पेनाल्टी बक्समा नेपालका डिफेन्डर रोहित चन्दले फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो। निकै आक्रामक खेल खेलिरहेको जोर्डनले नेपाली पोस्टमा लगातार आक्रमण गरेको थियो। तर, नेपाली किपर किरण चेमजोङको उत्कृष्ट बचावले नेपाल थप गोल खानबाट बच्यो।

नेपालले अब अस्ट्रेलियासँग अन्तिम खेल खेल्ने छ। नेपाल विश्वकपमा छनौट हुने सम्भावना सकिएको छ भने एसियन कपका लागि पनि कमजोर देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *