अस्पताललाई अक्सिजन सिलिण्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‍

डिसी नेपाल
२५ जेठ २०७८ १३:५५
236
Shares

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी तथा निजी कोभिड उपचार केन्द्रलाई अक्सिजन सिलिण्डर भरेर राख्‍न निर्देशन दिएको छ। बिग्रेको अक्सिजन प्लान्ट मर्मत गरी चाँडो सञ्चालनको व्यवस्था गर्नलाई समेत निर्देशन दिएको हो।

मन्त्रालयले जारी गरिएको विज्ञप्‍तिमा अक्सिजनलाई औषधि जस्तो अनावश्यक रूपमा वितरण र प्रयोग प्रोत्साहन गरी मानिसको ज्यान जाने जोखिम हुने कामहरू नगर्न सबैलाई सचेत गराइएको उल्लेख छ।

घर-घरमा संक्रमितको उपचार गर्न लगेका सिलिण्डरहरू समयमा अक्सिजन उद्योगमा लगेर भर्नु र समयमा नपुगेको अक्सिजन आपूर्ति हुने जनाएको छ।

‘अक्सिजन सिलिण्डर अभाव भएमा अस्पतालमा गम्भीर अवस्थामा उपचाररत संक्रमितलाई गाह्रो हुनेछ,’ विज्ञप्तिमा लेखिएको छ। जुनसुकै बहानामा व्यक्ति र संस्थाले सिलिण्डर जुन उद्योगबाट लगिएको थियो त्यहीँ उद्योगमा बुझाउनलाई निर्देशन दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *