अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित हुँदै नेपालको विश्वकप छनौट खेल यात्रा टुंगियो
काठमाडौं। फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनौट खेलमा नेपाल अन्तिम खेलमा पराजित हुँदै आफ्नो यात्रा टुंग्याएको छ। नेपालले शुक्रबार अष्ट्रेलियासँग प्रतिष्र्धा गरेको थियो। कुवेतको राजधानी कुवेतस्थित मैदानमा भएको खेलमा नेपाल ०–३ गोल अन्तरले पराजित भयो। १० खेलाडीमा सिमित नेपालका लागि गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दा थप गोल खानबाट जोगियो।
पहिलो हाफ सकिनै लाग्दा नेपालका सबैभन्दा महत्वपूर्ण खेलाडी रोहित चन्द रेडकार्ड खान पुगेपछि नेपाल १० खेलाडीमा सिमित भएको थियो। नेपालले पहिलो हाफमा २ गोल खाएको थियो भने दोस्रो हाफमा १ गोल खान पुग्यो। नेपालले पहिलो हाफभन्दा दोस्रो हाफमा सुधारिएको खेल खेलेको थियो। अष्ट्रेलियाले नेपाली गोल पोस्टमा लगातार आक्रमण गर्दा नेपालले अष्ट्रेलियाको पोस्ट आक्रमण नै गर्न सकेन।
कुवेत यात्रामा नेपालले एकमात्र खेल चाइनिज ताइपेसँग जितेको थियो। जोर्डन र अष्ट्रेलियासँग पराजित हुँदै नेपाल घर फर्किएको हो। त्यसअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपाल पराजित भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment