युरोकप फुटबल : इंग्ल्यान्ड र क्रोएसियाबीचको पहिलो हाफ गोलरहित बराबरी
काठमाडौं। युरोकप फुटबलको समूह ‘डी’ अन्र्तगतको पहिलो खेलमा अहिले इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ। समूह चरणको पहिलो खेलमा विश्व फुटबलका दुइ बलिया टोली इंग्ल्यान्ड र क्रोएसियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

लण्डनस्थित वेम्बली स्टेडियममा भइरहेको खेलमा घरेलु टिम इंग्ल्याण्डले आक्रामक सुरुवात गरे पनि गोल भने गर्न सकेन।
करिब साढे २२ हजार दर्शकमाझ यो खेल भइरहेको छ।

इंग्ल्याण्ड विश्व फुटबल बरियतामा ४ नम्बरमा छ। यस्तै क्रोएसिया विश्व बरियतामा १४ औं स्थानमा छ।

समूह ’डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसिया जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा रहेका छन। दुबै टिमलाई फाइनल पुग्ने टिमको रुपमा हेरिएको छ।
१९६० मा पहिलो पटक सुरु भएको युरोकपको यो १६ औं संस्करण हो। युरोकप पहिलो पटक ११ वटा देशमा संयूक्त रुपमा आयोजना भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment