एरिक्सनको अवस्था स्थिर, डाक्टरले भने ‘मृत्यु भइसकेको थियो’
काठमाडौं। डेनमार्कका फुटबलर क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न डाक्टरले बताएका छन। १६ औं संस्करणको युरोकपको पहिलो खेलका दौरान शनिबार राति २९ वर्षिया मिडफिल्डर एरिक्सन गम्भिर घाइते भएका थिए।
फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको ४२ औं मिनेटमा उनी मैदानमा लड्न पुगेका थिए। उनको करिब २० मिनेट मैदानमा राखेर उपचार गरिएको थियो। त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर डेनमार्कको कोपन हेगन अस्पतामा भर्ना गरिएको थियो।
उनको अवस्थाबारे जानकारी दिँदै आइतबार डेनमार्क फुटबल संघले विज्ञप्तिमार्फत उनको अवस्था स्थिर रहेको बताएको हो। विज्ञप्तिमा एरिक्सनले आफ्ना टिमका सदस्यहरुलाई अन्य खेलहरुका लागि शुभकामना दिएको पनि उल्लेख गरिएको छ।
उपचारमा संलग्न डाक्टर मोर्टेन बोसनले भर्चुअल भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ठूलो खुलासा गरेका छन। उनले मृत्यु भइसकेका एरिक्सन पुर्नजिवीत भएको बताएका छन। हृदयघातका कारण उनी मैदानमा लडेको उनले बताए।
समयमै उपचारका कारण मृत्युको मुखबाट फर्काउन सकिएको र उनले पुर्नजिवन पाएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन।
कहिल्यै नदेखिएको दर्दानाक दृश्य मैदानमा देखे पछि विश्वभरका फुटबल प्रसंसकहरु विक्षिप्त भएका थिए। उनलाई विश्वभरबाट चाँडो रिकभरीको लागि सुभेच्छा प्रकट भएका छन।







डिसी नेपाल








Facebook Comment