विश्वकप छनाेट खेल्न कुवेत गएको नेपाली फुटबल टिम स्वदेश फर्कियो
काठमाडौं। सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोट खेल खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टिम आइतबार स्वदेश फर्किएको छ। २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार राति काठमाडौं आइपुग्यो। नेपालले कुवेतमा तीन वटा खेल खेलेको थियो। जस मध्ये एक खेलमा नेपाल विजयी रह्यो भने दुई खेल गुमाउन पुगेको थियो।
नेपालमै हुने ती खेलहरु कोरोना महामारीका कारण न्युट्रल भेन्यू कुवेतमा आयोजना गरिएको हो। कवुेतमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको नेपाल जोर्डनसँग ३–० र अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको थियो।
छनोटको समूह ‘बी’मा रहेको नेपालले ८ खेलबाट ६ अंक मात्र जोड्यो। नेपालले एसियन कपको छनाेटका लागि प्लेअफ खेल्नुपर्ने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment