नक्कली डीएसपी पक्राउ
काठमाडौं । आफूलाई नेपाल प्रहरकिो मेडिकल प्रहरी नायब उपरीक्षक (डीएसपी )हुँ भन्दै फेसबुकमा फोटो राख्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–६ घर भएका ४४ बर्षीय कृष्ण प्रसाद ढुंगाना रहेका छन् ।
काठमाडौं तारकेश्वर नगरपालिक–६ मा उनले सञ्चालन गरेको भिक्टोरिया फार्मेसीबाट ढुंगानालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
आफूलाई मेडिकल डाइरेक्टर भन्दै उनले तारकेश्वरमा फार्मेसी सञ्चालन गर्दै आएका थिए । साथै उनले प्रहरीलाई सशस्त्रको डीएसपी र सशस्त्र प्रहरीलाई आफू प्रहरीको डीएसपी भन्दै आएका अनुसन्धानका क्रममा खुल्न आएको छ । उनले डीएसपीको बर्दी लगाएको फोटो फेसबुकमा समेत राखेका थिए ।
उनको साथबाट प्रहरी नायब उपरीक्षकको बर्दि एक थान, प्रहरीको जर्सी एक थान, मोबाइल एक थान र प्रहरीको विभिन्न पदको बर्दीसहितको फोटो तीन थान बरामद गरिएको छ ।
ढुंगानामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment