स्पेन र स्विडेनबीचको पहिलो हाफ गोलरहित बराबरी
काठमाडौं। युइएफए युरोकप २०२० फुटबलमा अहिले युरोपको सर्वाधिक सफल टिम स्पेन र स्विडेन प्रतिस्पर्धा गरिरहेका छन।
सेभियामा भइरहेको खेलमा घरेलु टिम स्पेनले बलियो प्रतिद्वन्दी स्विडेनलाई सुरु देखि नै दबाबमा राखे पनि पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ।
पहिलो हाफको ३७ औं मिनेटमा स्पेनका लागि मराटाले गोल गर्ने सुनौलो अवसर पाएका थिए। तर, उनले अवसरलाई गोलमा बदल्न सकेनन। गोलकिपर बाहिर आएको अवस्थामा वान टु वानमा उनले प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरीएको थियो।
यस्तै पहिलो हाफको सुरुमा डिफेन्डिङ मानसिकताका साथ खेलेको स्विडेनले अन्तिम समयमा केही आक्रामकता देखाएको थियो। खेलको ४० औैं मिनेटमा स्विेडनका एलेक्जेन्डर इस्कले गोलकिपरलाई छलाइसकेको अवस्थामा डिफेन्डरसँग डिफेलेक्ट हुँदै बल बारिहरीएको थियो।
युरोपको सर्वाधिक सफल टिम स्पेन आज जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा रहेको छ। यस्तै युरोपको बलियो टिम स्विडेन पनि स्पेनलाई पराजित गर्दै आगामी युरोकपको यात्रा सहज गर्न चाहान्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment