ठमेलको चर्चित क्लब एलओडीले आज भोका पेटलाई खाना खुवाउँदै
काठमाडौँ। ठमेलस्थित चर्चित नाइट क्लब एलओडीले असार १ गतेदेखि भोकै रहेका मजदुरीलाई निशुल्क खाना खुवाउने भएको छ।
भोकै नपरुन भन्नका लागि खाना खुवाउने अभियान सुचारु गर्न लागिएको एलओडीका निर्देशक रबिन श्रेष्ठले बताए। उनका अनुसार भोलि(मंगलबार) ठमेलको आप्नै प्रांगनमा साझ पाँच बजे खाना वितरण अभियान सुरु हुने छ।
‘कोभिड रोगसँग लड्नु त छदै छ,’उनले भने,‘यस अवस्थामा कोही भोकै बस्न नपरोस भनी हामीले यो अभियान सञ्चालन गर्न लागेका हौँ।’ उनले कोही खान नपाइ बसेका छन भने त्यस्ता व्यक्तिलाई पठाउन पनि आग्रह गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment