भारतमा भेटियो डेल्टा म्यूटेशन, दोश्रो लहरभन्दा पनि शक्तिशाली हुने
काठमाडौं । भारतमा दोश्रो लहरमा आतंक मच्चाउने डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत भएर आएको छ। उक्त परिस्कृत भाइरसको नाम डेल्टा प्लस राखिएको छ। भारतका छ राज्यमा गरेको स्वाब परीक्षणबाट उक्त डेल्टा म्यूटेशनको भाइरस पत्ता लागेको हो।
भारतमा दोश्रो लहरमा बीटा भेरियन्टमा मिल्ने म्यूटेशन डेल्टामा मिल्न थालेको भारतीय बैज्ञानिकहरुलाई उदृत गर्दै संचार माध्यामले जनाएका छन्। बैज्ञानिकले यस म्यूटेशनलाई के४१७एन नामबाट परिचित गराएका छन्। यो बि दशमलब १ दशमलब६१७ भेरियन्टमा मिलेको हो।
यो भेरियन्टको सबैभन्दा बढी बिरामीहरु भारतको तमिलनाडुमा भेटिएका छन्। तीन जना बिरामी तमिलनाडुमा भेटिएसँगै महाराष्ट्र, गुजरात, ओडिशा, कर्नाटक र आन्द्र प्रदेशमा १/१ विरामी फेला परेको जनाइएको छ। यस्तै नेपालसँग जोडिएका उत्तर प्रदेश, विहार राजधानी दिल्ली, मध्य प्रदेश र राजस्थानको स्बाव सिक्वोन्सिङको रिजल्ट आएको छैन।
भारत लगायत यूकेसहित अन्य देशमा पनि यो म्यूटेशन २९ मार्चदेखि ११ जुनसम्म अचानक भेटिन थालेको छ। समाचार अनुसार विश्वभर १ सय ५० बिरामी फेला परेका छन्। अमेरिकामा ४३ र यूकेमा ३९ जनामा यो म्यूटेशन पुष्टि भएको छ।
यो म्यूटेशनको भाइरसले प्रोटीनमा ४१७ तरिकाको परिवर्तन देखाउँछ। जुन मानिसको शरिरमा भएको रोगप्रतिरोधात्मक क्षमतासँग लड्छ र ५० प्रतिशत भन्दा बढी घटाइदिन्छ। यो भेरियन्टका कारण मानिसलाई एक भन्दा पनि धेरै पटक कोरोना संक्रमण हुन सक्छ र खोप लगाएपछि पनि संक्रमित हुने सम्भावना अधिक हुने जनाइएको छ।







डिसी नेपाल








Facebook Comment