सातै प्रदेशमा बजेट सार्वजिनक हुँदै

डिसी नेपाल
१ असार २०७८ १६:४०
104
Shares

काठमाडौं । सात वटै प्रदेशको आगामी आर्थिक वर्ष २०७८\७९ को बजेट आज आउँदै छन्। संविधान अनुसार असार १ गते प्रदेशको बजेट ल्याउनै पर्ने बाध्यात्मक प्रावधानका बीच सात वटै प्रदेशले आज बजेट ल्याउँदै छन्।

यसअघि पाँच वटा प्रदेशको नीति तथा कार्यक्रम पारित भैसकेको थियो । गण्डकी प्रदेश र कर्णाली प्रदेशको भने नीति तथा कार्यक्रम आजै पारित भएको हो । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचार लगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।

केन्द्रले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, ससर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ।

यसका अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरिएको छ। यसैगरी प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुन्छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.