पोर्चुगल र हंगेरीको पहिलो हाफ गोलरहित बराबरी, हंगेरीलाई ६० हजार दर्शकको साथ
काठमाडौं। युईएफए युरोकप फुटबलमा अहिले पोर्चुगलले हंगेरीसँग प्रतिस्पर्धा गरीरहेको छ। हंगेरीको पुस्कास एरिना स्टेडिएममा पाहुना टोलि पोर्चुगले गोल गर्ने केही सुनौलो अवसर बनाए पनि गोल गर्न नसक्दा पहिलो हाफ बराबरीमा रोकिएको हो।
डेफिन्डिङ च्याम्पियन पोर्चुगलले खेलको सुरुवात देखि नै हंगेरी माथि दबाब बनाइराखेको छ।
रोनाल्डोले पहिलो हाफको अन्तिम समय ४४ औ मिनेटमा गोल गर्ने सुनौलो अवसर पाएका थिए। तर, किपरलाई मात्रै बिट गर्नु पर्ने अवस्थामा पाएको पासलाई उनले गोलमा परिणत गर्न सकेनन्। उनले प्रहार गरेको बल गोलपोस्ट माथिबाट गएको थियो।
यो बाहेक पोर्चुगलले गोलका लागि अन्य अवसर बनाए पनि गोल गर्न भने सकेन।
कोभिड पछि पहिलो पटक करिब ६० हजार दर्शक खेल मैदानमा उपस्थित भएका छन। उनीहरुले १२ औं दर्शकको रुपमा आफ्ना खेलाडीलाई सर्पोट गरीरहेका छन। हंगेरीका खेलाडीको साथमा बल गएको अवस्थामा मेदान स्वरले गुन्जयमान भइरहेको छ।
समूह ‘एफ’ लाई गुरुप अफ डेथ मानिएको समूहमा रहेको पोर्चुगलका लागि हंगेरीसँगको पहिलो खेल महत्वपूर्ण समेत रहेको छ। दुवै टालि जित निकाल्दै सुखद सुरुवात गर्न चाहान्छन।
मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१६ को भेटमा दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए।
Facebook Comment