रोनाल्डोको दुई गोल मद्दतमा पोर्चुगलको सानदार जित, अन्तिम सात मिनेटमा तीन गोल
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा पोर्चुगलले सानदार जित हासिल गर्दै सुखद सुरुवात गरेको छ। मंगलबार हंगेरीको पुस्कास एरिना स्टेडिएममा पाहुना टोलि पोर्चुगले हंगेरीलाई ३ – ० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो।
पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई र राफायल गुरारोले एक गोल गरे। खेलको अधिकांश समय गोलका लागि संर्घष गरेको डिफेन्डिङ च्याम्पियन पोर्चुगलले खेलको अन्तिम समयमा ७ मिनेटमा ३ गोल गरेको थियो।
खेलको अन्तिम समय ८५ औं मिनेटमा राफायल गुरारोले गोल गर्दै पोर्चुगलको गोलको खडेरी तोडेका थिए। ८७ औं मिनेटमा पोर्चुगोलले पेनाल्टी पाएपछि रोनाल्डोले गोल गर्दै पोर्चुगोललाई २ – ० को अग्रता दिलाए।
त्यसलगत्तै थपिएको इन्जुरी समयको ९२ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३ – ० को जित दिलाएका हुन।
डेफिन्डिङ च्याम्पियन पोर्चुगलले खेलको सुरुवात देखि नै हंगेरी माथि दबाब बनाए पनि पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो।
४० औं मिनेटमा डिएगो जोटाले पेनाल्टि बक्सभित्र पाएको अवसरमा गोल गर्न चुके।
रोनाल्डोले पहिलो हाफको अन्तिम समय ४४ औ मिनेटमा गोल गर्ने सुनौलो अवसर पाएका थिए। तर, किपरलाई मात्रै बिट गर्नु पर्ने अवस्थामा पाएको पासलाई उनले गोलमा परिणत गर्न सकेनन्। उनले प्रहार गरेको बल गोलपोस्ट माथिबाट बाहिरीएको थियो।
६८ औं मिनेटमा बुर्नो र्फनान्डेजले लङ रेन्जबाट गरेको प्रहार हंगेरीका गोल किपरले उत्कृष्ट बचाव गरेका थिए।
७७ औं मिनेटमा हंगेरीका खेलाडीले ह्याण्डबलमा पेनाल्टीमार्फत भिएआर चेक गरेका थिए। तर, इन्टेस्नल नभएको बताउँदै रेफ्रिले पेनाल्टी दिएनन।
यस्तै हंगेरीका एडम् सजले ३७ औं मिनेटमा हेडरमार्फत प्रहार गरेको बल गोलपोस्ट माथिबाट बाहिरीएको थियो।
८० औं मिनेटमा हंगेरीका लागि स्जाबोल्कस सोनले गोल गरेका थिए। तर, अफसाइड भएपछि उनले गरेको गोल डिसअलाउ भएको थियो।
कोभिड पछि पहिलो पटक करिब ६० हजार दर्शक खेल मैदानमा उपस्थित भएका थिए। १२ औं खेलाडीका रुपमा दर्शकको साथ पाएको हंगेरीले खेलको अन्तिम समय सम्हालिन नसक्दा हार बेहोर्न पुग्यो।
समूह ‘एफ’ लाई गुरुप अफ डेथ मानिएको छ। यो समूहमा जर्मनी र विश्व बिजेता फ्रान्स पनि छन।
त्यसैले पनि डिफेन्डिङ च्याम्पियन पोर्चुगलका लागि यो जित महत्वपूर्ण रहेको थियो।
यो जितसँगै पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेर शिर्ष स्थान कायम गरेको छ। हार बेहोरेको हंगेरी समूहको पुछारमा छ। जर्मनी र फ्रान्सले भने आफ्नो समूहको खेल खैल्न बाँकी छ।
Facebook Comment