अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकियो

डिसी नेपाल
४ असार २०७८ २३:४५

काठमाडौं । युरोकप फुटबल अन्तर्गत आज भएको दोस्रो खेलमा चेक रिपब्लिक र क्रोएसियाले बराबरी खेलेका छन् । ह्यामडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । तर, खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए । उनले आन्द्रे कर्मारीचको पासमा गोल गरेका हुन् ।

यस बराबरीसँगै समूह डी मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ । चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *