उरुग्वेविरुद्ध अर्जेन्टिनाको अग्रता
काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अहिले उपाधि दाबेदार टिमहरु अर्जेन्टिना र उरुग्वेबीच प्रतिस्पर्धा भइरहेको छ।
खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले अग्रता लिएको छ।
खेलको तेह्रो मिनेटमा स्टार स्ट्राइकर लियोनल मेस्सीले दिएको आर्कषक पासलाई गार्डियो रोर्डिगेजले हेडरमार्फत गोल गरेका हुन।
प्रतिस्प्रधात्मक बनिरहेको खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाउने केही सुनौलो अवसर बनाएको थियो।
खेलको ७ औं मिनेटमा लियोनल मस्सीले प्रहार गरेको बल उरुग्बेका गोलकिपरले उत्कृष्ट सेभ गरेका थिए।
समूह ‘बी’ अन्र्तगतको आफ्नो पहिलो खेलमा अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले चिलीसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। समूहको तेस्रो नम्बरमा रहेको अर्जेन्टिना उरुग्बेविरुद्धको खेल जित्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिन चाहान्छ।
उरुग्वे कोपा अमेरिकाको यस संस्करणको पहिलो खेल खेल्दैछ। उरुग्वे अर्जेन्टिनालाई प्रतियोगिताको हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment