युरोकप फुटबल : पहिलो हाफमा स्पेनले लियो अग्रता
काठमाडौं। युईएफए युरोकप फुटबल २०२० मा अहिले स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। सेभियामा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले १ – ० अग्रता लिएको छ।
खेलको २४ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका हुन।
जीराड मउरिन्होले खेलको ३४ औं मिनेटमा प्रहार गरेको फ्रिकिक गोलपोस्ट नजिकैबाट बाहिरीएको थियो।
३५ औं मिनेटमा लेवान्डोस्किले दिएको उत्कृष्ट पासलाई कारोल सिदेरेस्किले गोलमा परिणत गर्न सकेनन।
खेलको ४३ औं मिनेटमा रोर्बट लेवान्डोस्किले गोल गर्ने सुनौलो अवसर पाएका थिए। रिबाउन्डबाट भएर आएको बललाई बक्स भित्रबाट प्रहार गरेको बलमा उनले गोलकिपरलाई बिट गर्न सकेनन।
समूह ‘ई’ अन्र्तगतको खेलमा स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ। स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा छ। पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो। नकआउट चरणको यात्रा कायम राख्न स्पेनलाई जित्नै पर्ने दबाब छ।
पोल्याण्ड पनि पहिलो जितको खोजिमा छ। अंक बिहीन पोल्याण्ड अंकतालिकाको पुछारमा छ। पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment