वेल्सलाई भाग्यको साथ, हारे पनि पुग्यो नकआउट चरणमा

डिसी नेपाल
६ असार २०७८ २३:४०

काठमाडौं। युईएफए युरोकप फुटबलको समूह चरणको अन्तिम खेलमा इटलीले वेल्सलाई पराजित गरेको छ। अइतबार राति इटलीको रोममा सम्पन्न खेलमा इटलीले वेल्सलाई १ – ० गोलअन्तरले पराजित गरेको हो।

Matteo Pessina (Italy) takes a great first touch inside the box after the free kick, wins himself some space and beats the goalkeeper with an accurate strike into the left side of the target.

खेलको ३९ औं मिनेटमा माचियो पासीनीले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए। उक्त गोल नै इटलीको जितका लागि प्रयाप्त बन्यो।

Andrea Belotti (Italy) tries to latch onto a through ball, but it's too long.

वेल्सका इथन एम्पाडुले दोस्रो हाफको ५५ औं मिनटेमा विपक्षी खेलाडीलाई फल गरेपछि रेडकार्ड पाएका थिए। करिब ३५ मिनेटभन्दा धेरै वेल्सले १० खेलाडीमा सिमित भएर खेलेको थियो।

Image

यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको इटली समूह ए को विजेता बनेको छ। इटलीले समूह चरणमा शत प्रतिसत जित निकाल्दै ३ खेलबाट ९ अंक जोडेको छ।

हारे पनि वेल्स अन्तिम १६ मा प्रवेश गरेको छ। समूहको दोस्रो नम्बरमा रहँदै वेल्स नकआउट चरणमा प्रवेश गरेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *