वेल्सलाई भाग्यको साथ, हारे पनि पुग्यो नकआउट चरणमा
काठमाडौं। युईएफए युरोकप फुटबलको समूह चरणको अन्तिम खेलमा इटलीले वेल्सलाई पराजित गरेको छ। अइतबार राति इटलीको रोममा सम्पन्न खेलमा इटलीले वेल्सलाई १ – ० गोलअन्तरले पराजित गरेको हो।

खेलको ३९ औं मिनेटमा माचियो पासीनीले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए। उक्त गोल नै इटलीको जितका लागि प्रयाप्त बन्यो।

वेल्सका इथन एम्पाडुले दोस्रो हाफको ५५ औं मिनटेमा विपक्षी खेलाडीलाई फल गरेपछि रेडकार्ड पाएका थिए। करिब ३५ मिनेटभन्दा धेरै वेल्सले १० खेलाडीमा सिमित भएर खेलेको थियो।
यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको इटली समूह ए को विजेता बनेको छ। इटलीले समूह चरणमा शत प्रतिसत जित निकाल्दै ३ खेलबाट ९ अंक जोडेको छ।
हारे पनि वेल्स अन्तिम १६ मा प्रवेश गरेको छ। समूहको दोस्रो नम्बरमा रहँदै वेल्स नकआउट चरणमा प्रवेश गरेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment