राजनीतिमा जनविश्वास कायम राख्न युवा नेतृत्व आवश्यक

डिसी नेपाल
७ असार २०७८ १२:२९
1.8k
Shares

युवाले राजनैतिक नेतृत्व लिनुपर्ने आवश्यकता यति बेला नेपाली राजनीतिले एक असफल कोर्ष अभ्यास गरिरहेको छ। यो राजनीतिक कोर्षले नेपाली राजनीतिको ठूलो हिस्सा युवाहरुमाझ वितृष्णा पैदा गरिरहेको छ।

यति मात्रै होइन, राष्ट्रिय राजनीतिको यो प्रकारको अभ्यास आमरुपमा रहिरह्यो, यही प्रकारले राजनीतिले आफ्नो कोर्षको परीक्षा दिइरह्यो भने यसले निर्माण गर्ने नजिरहरु भविष्यमा हाम्रा लागि कति दुखदायी हुन्छन् भन्नेतर्फ हामीले सोचेका छैनौं।

निश्चय त्यसको नतिजा अत्यन्तै निर्मम, अत्यन्तै असफल, आमरुपमा तुच्छ र नेपाली राजनीतीको सवैभन्दा अप्रिय कोर्ष बन्ने छ। आज हामी दुईवटा महाशक्ति राष्ट्रको समकालीन विकास समद्धि परिस्कृत समाजको निर्माण आगामी दिनको ती राष्ट्रहरुको रणनीतिक योजनाहरुको आलोकमा नेपाली राजनीतिक कोर्षमा एउटा इट्टा अर्थात युवा राजनीतिक शव्द र त्यो शव्द भित्र नेपाली राजनीतिको भार उठाउने सामथ्र्य, सुसंस्कृत राजनीतिको प्रादुर्भाव गर्ने दायित्व, नेपाली समाजको आकांक्षा र उन्नतीको लागि अवका दिनमा अर्को राजनीतिकक कोेर्ष घनिभूत रुपमा सुरुवात गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकताको रुपमा नेपाली राजनीतिमा युवा राजनीतिको सक्रियता बृहत तरिकाले अगाडि बढ्नु पर्छ भन्ने बारेमा यो लेख केन्द्रित छ।

राजनीति केवल रजाइँ गर्ने थलो मात्र हैन यो त समाजका सर्वांगिण विकासका लागि निर्माण गरिएको एक यन्त्र हो। यो यन्त्र सही भएन या सही तरिकाले अगाडि बढेन भने अथवा यो बाङ्गो टिङ्गो दिशामा अगाडि बढ्यो भने महाविनाशको विपत्ति सामना गर्नु बाहेक अरु केही पनि हुँदैन।

आज हामीले हाम्रो अवस्था सुदुर अतीतदेखि सुदुर भविष्यसम्म कस्तो थियो र कस्तो हुने छ वा के भइरहेको छ कस्तो भइरहेको छ हामी सबै जानकार नै छौं। आजको हाम्रो राजनीति वास्तवमा ठिक दिशामा हिँडिरहेको छैन।

किनकि आजको राजनीतिले केवल आफ्नो स्वार्थ सिद्ध गर्न, आफ्ना आफन्तलाई राज्यकका प्रभावशाली अङ्गमा नियुक्त गर्न, बाँकी कतै केही रह्यो भने आफ्ना कार्यकर्ताहरु पाल्न मात्र उद्धत रहेको देखिन्छ।

कुनै एक राम्रो काम भयो राजनीतिमार्फत अथवा अहिलेका राजनीतिक दलहरुले आन्दोलन मार्फत निर्माण गरेको यो व्यवस्थामा यहाँनेर यति बेला यो कारणले हामीले हाम्रा समाजका समान आकाङ्क्षाहरुलाई पूरा गर्नका लागि सक्षम छौं भनेर आफ्नो औचित्य सिद्ध गर्न लागेको अवस्था देखिएको छ। संवेदनशील हिसावले हामी दिनरात जनताको सेवामा प्रतिबद्ध भएर लागेका छौं भनेर भन्न सक्ने कुनै गुन्जायस देखिएको छैन।

युवा राजनीतिको एक प्रकारले प्रादुर्भाव नेपाली समाजमा भइसकेको जस्ते अवस्था हो। अहिले एउटा कोणबाट नेपाली समाजले अपेक्षा गरेको जस्तो तरिकाबाट युवाहरु विभिन्न रुपमा राजनीतिमा आइरहेको जस्तो देखिन्छ। यद्यपि हामीले परम्परागत रुपमा भोटको महत्व, संस्कारयुक्त राजनीतिको विकास तथा सबैका लागि एकै प्रकारको व्यवस्था लागू गराउने युवा नेतृत्वको खाँचो छ।

एउटा सीमित पङ्ती आफ्नो आखा अगाडि रहेका कार्यकर्ता बाहेक जनातहरु र नेताहरुको बीचमा विश्वासको संकट पैदा भइरहेको अवस्था छ। किन यस्तो भयो? यो प्रकारको मानसिकता बोकेको नेतृत्वले नेपाली समाजको समृद्धिको चाहनालाई निर्वाह गर्न असमर्थ छ। फिनल्याण्ड संसारका सवैभन्दा सुखी जनताहरु रहेको देश हो। सन्ना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन्।

जसले विस्तार गरेको मन्त्रिमण्डलमा सवै युवाहरु मन्त्री छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो जसले क्यानडाको राजनीतिमा एक बिछट्ट शालिनता प्रदर्शन गरिरहेका छन्। उनीहरुको रहनसहन जीवनशैलीका बारेमा हेर्ने हो भने यसले संसारभरका राजनीतिकर्मीहरु र राजनीतिमा आउन चाहनेहरुको लागि प्रेरणाको स्रोत बनिरहेको छ।

आज नेपाली राजनीतिका लागि मात्रै हैन साँच्चिकै संसारभर नै कुनै न कुनै प्रकारले युवा राजनीतिकर्मीको माग भैरहेको छ । प्रश्न उठ्न सक्छ अन्य देशमा वृद्धहरु पनि रानजनीतिमा छन्। विश्वका कतिपय समृद्ध देशहरुमा सबैलाई समान प्रकारले त्यहाँको राजनीतिक व्यवस्थाले बाँधेको छ। एक सर्वसाधरण नागरिकको लागि लागू हुने कानुन र एउटा कार्यकारीमाथि लागू हुने कानुन बराबर छ।

जनताको हितमा अथवा आफ्नो मुलु्कको हितमा काम गर्नको लागि त्यस देशको व्यवस्था कठोर छ। त्यसैले हाम्रो मुलुकमा नेतृत्वहरु असफल छन्। यहाँ दिन दहाडै नर्स डाक्टर संवेदनशील क्षेत्रमा काम गरिरहेका सेवकहरु कुटिँदा आफ्नो पार्टीको कार्यकर्ता पर्यो भने बचाउने संस्कार सस्कृतिको निर्माण गरेर दण्डहीनताको पराकाष्ठा सिर्जना गरेका कैयौं दृष्टान्त छन्।

भ्रस्टाचार खुलेआम भैरहेको छ तर आफ्ना कार्यकर्ताहरु उम्किने उम्काउने काम निरन्तर भइरहँदा यसले हामीले निर्माण गरेको समाजको आधारभुत न्याय निरोेपण प्रणली ध्वंश बनाइरहेको छ। जसको कारण आज आम मानिसहरुमा कुशल नेतृत्वको रिक्तता भित्र आफू बसेको समाजमा आफू कुनै पनि प्रकारले अन्यायको भागिदार बन्नु पर्ने भयबाट नेपाली जनजीवन त्रस्त प्राय छ।

युवा राजनीतिको एक प्रकारले प्रादुर्भाव नेपाली समाजमा भइसकेको जस्तेैअवस्था हो। अहिले एउटा कोणबाट नेपाली समाजले अपेक्षा गरेको जस्तो तरिकाबाट युवाहरु विभिन्न रुपमा राजनीतिमा आइरहेको जस्तो देखिन्छ। यद्यपि हामीले परम्परागत रुपमा भोटको महत्व, संस्कारयुक्त राजनीतिको विकास तथा सबैका लागि एकै प्रकारको व्यवस्था लागू गराउने युवा नेतृत्वको खाँचो छ।

हामीले बनाएको व्यवस्था तथा हाम्रा कानुनहरु हाम्रो व्युरोक्रेसी तथा राज्यका हरेक अंगहरुले सिस्टमका आधारमा काम गर्न सक्ने कुरालाई नजिरको रुपमा स्थापित गर्न सक्ने युवा नेताहरुको खाँचो मुलुकमा छ। जब राज्यका व्यवस्थाहरु कार्यान्वयनमा आउँछ, बिकासको मुल स्वभाविक रुपबाट खुल्ने छ।

आज हामी समकालीन चीन र भारत भन्दा पछाडि पर्नुको मूल कारण भनेको हाम्रो व्यवस्थाले काम नगरेकै कारणले हो। तन्त्र फेरिएका हुन्, सोच नफेरिएको हो व्यवस्था फेरिएका हुन् फेरि व्यवहार नफेरिएको हो। भ्रस्टचारका विरुद्धमा चर्का नारा लाइएकै हो तर भ्रस्टचारीहरुलाई भ्रस्टचार गर्नको लागि उक्साइएकै हो।

आफ्ना आसेपासे तमासे सवैलाई कुनै न कुनै प्रकारले सेवा सुविधामा पालितपोसित गरिएकै हो सधैं हामीले हाम्रा पार्टीका नेताहरुको दास र गुलाम बन्नु पर्ने परिस्थितिबाट हामी अब मुक्त हुनुपर्छ। हामी आफू बाँच्नको लागि आफन्त राम्रा अवसरहरुमा पुर्याउनको लागि सधैं नेताहरुको गुलामी गरिरह्यौंै भने हामी बाचेको र नबाचेकोमा केही अन्तर हुने छैन।

आजको आवश्यकता युवा नै हो। नेपाली राजनीतिको आजको नारकीय अवस्थालाई सुधार गरेर चौतर्फी रुपमा राज्यको विकास र उन्नतिको लागि काम गर्ने शक्ति यदि अव कुनै छ भने त्यो युवा शक्ति नै हो।

लाजमर्दो राजनीति लाज पचेका नेता अनि तिनीहरुको गुलाम बनेका हामी युवाहरुले राज्यले मागेको समयमा आफ्नो राज्यप्रतिको राजनीतिक उत्तरदायित्वलाई यदि बहन गर्न नसक्ने हो भने हामी अहिले पनि शिक्षित भएका छैनौ।

हामीसँग आँट र साहसको कमी छ भन्ने कुरा हो अथवा अझै पनि गलत बाटोमा राजनीति दौडाइरहेको राजनीतिकर्मीहरुको विकल्प खोज्न सरिहेका छैनौं। त्यसकाराण अब नेपाली राजनीतिको मियो बनेर समाजको सर्वांगिण बिकासको लागि अव नेपाली राजनीतिमा युवाहरु आउनु पर्छ।

आज हामीसँग कुनै पनि प्रकारको निरंकुश बन्धनहरु छैनन्। नेपाल पूर्णरुपले आज प्रजातान्त्रिक व्यवस्थामा छ। कुनै न कुनै प्रकारले आज हामी स्वतन्त्र छौं। समाज स्वतन्त्र छ। पटक पटक युवाहरुले नै नेपाली राजनीतिमा आफ्नो बलिदानी पूर्ण आहुति दिएर यस मुलुकलाई यहाँसम्म ल्याइपुर्याएको हो। त्यसको आलोकमा हामी नेपाली समाजको लागि संस्कारयुक्त नैतिकताको राजनीति, समाजप्रति पूर्ण उत्तरदायी नेतृत्वको विकास गर्न सक्छौं।

सवैलाई समान प्रकारको न्याय प्रणाली स्थापना गर्न सक्छौं। व्युरोक्रेसीलाई ससक्त जनताको सेवामा समर्पित सस्था बनाउन सक्छौं। भ्रस्टचारको अन्त्य विकृति विसंगतिको अन्त्य, प्रगतिशील आर्थिक विकासको ढाँचा कोर्न हाम्रो समाजले सचेत युवाहरुको आश गरिरहेको छ। नेपाली युवाहरुको श्रमलाई नेपाली श्रम बजारमा नै उपयोग गरी नेपालको विकासमा द्रुत गतिमा हाँक्न सक्छौं।

सवल सरल र सवैका लागि शिक्षा, सहुलित पूर्ण स्वास्थ सेवा, उद्यमशील समाजको निर्माण पूर्ण रोजगारमूलक व्यवसायको सुरुवात अव युवाहरुले मात्र गर्न सक्छन्। हे नौजवान युवा हो! एकपटक हातमा हात मिलाएर काधमा काध मिलाएर नेपाली समाजको बृहत्तर विकासको लागि सबैले भनौ जय युवा शक्ति, अनि सवैले एक स्वरमा भनौं जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *