युरोकप फुटबल: नेदल्याड्सलाई अग्रता

डिसी नेपाल
७ असार २०७८ २२:३३

काठमाडौं। युईएफए युरोकप फुटबलमा अहिले नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियाको सामना गरिरहेको छ।

जोन क्रुफ एरिनामा जारी समूह चरणको अन्तिम खेलको पहिलो हाफ सकिदा नेदरल्याण्ड्सले १ – ० को अग्रता लिएको छ।

Image

 

डोनीयल मालेनले खेलको २५ औं मिनेटमा गोल गर्दै घरेलु टोलि नेदरल्याण्ड्सलाई अग्रता दिलाएका हुन।

इभान टिकोभास्कीले नर्थ म्यासेडोनियाका लागि खेलको १० औं मिनेटमा गोल गरेका थिए। तर, अफसाइडका कारण उक्त गोलले मान्यता पाएन।

Gooal! No wait, it's been ruled out for offside. Ivan Trickovski (North Macedonia) disagrees, but the linesman is sure about his call.

समूह ‘सी’ बाट नेदरल्याण्ड्स यस अघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ। समूह चरणका दुवै खेल जितेको नेद्ल्याण्ड्स आजको खेल जित्दै समूह चरणको विजेता बन्न चाहान्छ। नेदरल्याण्ड्सले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ।

नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २–० ले हराएको थियो।

नर्थ म्यासेडोनिया लगभग नकआउट चरणबाट बाहिरीसकेको छ। आजको खेल म्यासेडोनियाका लागि प्रतिष्ठाको लडाइ हुनेछ। अंकतालिकाको पुछारमा रहेको नर्थ म्यासेडोनिया अंक विहीन छ।

पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित म्यासेडोनिया दोस्रो खेलमा युक्रेनसँग २–१ ले पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *