महत्वपूर्ण खेलमा युक्रेनविरुद्ध अष्ट्रियालाई अग्रता
काठमाडौं। युईएफए युरोकप फुटबलमा अहिले युक्रेन र अष्ट्रियाबीच प्रतिस्पर्धा भइरहेको छ।
नेसनल अरिनामा जारी समूहचरणको अन्तिम खेलको पहिलो हाफ सकिदा अष्ट्रियाले १ – ० को अग्रता लिएको छ।
डेभिड आलबाले पहिलो हाफको २१ औं मिनेटमा गोल गर्दै अष्ट्रियालाई १ – ० को अग्रता दिलाएका हुन।
खेलको ४२ औं मिनेटमा अष्ट्रियाका मार्को अर्नाटोभिकले गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले बक्सभित्र पाएका पासलाई किपरसँग वान टु वान भएको अवस्थामा गोल गर्न सकेनन।
समूह ’सी’ मा रहेका दुबै टिम जित निकाल्दै अन्तिम १६ मा स्थान सुनिश्चित गर्न चाहान्छन।
युक्रेन २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा छ। युक्रेनका लागि बरबरीको नतिजा पनि नकआउट चरणको लागि प्रयाप्त हुनेछ। पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ ले पराजित भएको थियो। दोस्रो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ ले पराजित गरेको थियो।
अष्ट्रियालाई नकआउटको लागि जित निर्विकल्पका रुपमा रहेको छ। अष्ट्रिया २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ। पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको अष्ट्रिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २–० ले पराजित भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment