युरोकप फुटबल : पहिलो हाफमा बेल्जियम र फिनल्याण्डको गोलरहित बराबरी
काठमाडौं। युईएफए युरोकप फुटबलमा अहिले बेल्जियमले फिनल्याण्डको सामना गरिरहेको छ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी समूह चरणको अन्तिम खेलको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।
पहिलो हाफमा फिनल्याण्डले बलियो टिम बेल्जियमलाई आक्रमणहरु सहजै विफल पारीरहेको छ।

खेलको ३८ औं मिनेटमा रोमेलु लुकाकुको हेडर फिनल्याण्डका किपरले बचाएका थिए। पहिलो हाफको ४२ औं मिनेटमा ज्यार्मी डोकुले उत्कृष्ट प्रहार गरेका थिए। उक्त बल गोलपोस्टको नजिकैबाट बाहिरीएको थियो।
समूह ‘बी’ मा रहेको बेल्जियमले एक खेल अगावै नकआउटमा स्थान पक्का गरिसकेको छ। बेल्जियम आजको खेल जित्दै समूहको विजेता बन्ने लक्ष्यमा छ।
अघिल्ला दुई खेलमा जिते निकालेको बेल्जियम ६ अंकका साथ समूहको शीर्ष स्थानमा छ।
पहिलो खेलमा रुसलाई ३–० ले हराएको बेल्जियमले दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको थियो।
फिनल्याण्डका लागि यो खेल अझ महत्वपूर्ण छ। आजको खेलमा बराबरी अर्थात बेल्जियमलाई हराउन सकेमा फिनल्याण्ड अन्तिम १६ मा पुग्ने सक्ने छ। तर, बराबरी भएको खण्डमा अर्को खेलको नतिजामा भर पर्ने छ।
फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ। पहिलो खेलमा डेनमार्कलाई १–० ले हराएको फिनल्याण्ड दोस्रो खेलमा रुससँग १–० ले पराजित भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment