नेपालसहितका राष्ट्रलाई थप ५५ मिलियन खाेप वितरण गर्ने अमेरिकी घाेषणा

डिसी नेपाल
८ असार २०७८ १२:५७
604
Shares

काठमाडौं। अमेरिकाले थप खोप वितरणको घोषणा गरेको छ। गतसाता सकिएको जी-सेभेनको बैठकमा जनाएको प्रतिबद्धताअनुसार अमेरिकाले विपन्न मुलुकहरुलाई थप ५५ मिलियन डोज खोप वितरण गर्ने घोषणा गरेको हो।

विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्त्यसम्म ८ करोड खोप प्रदान गर्ने घोषणा गरेको अमेरिकाले यसअघि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो।

सोमबार अमेरिकाले बाँकी ५ करोड ५० लाख खोप वितरणको विस्तृत विवरण सार्वजनिक गरेको छ। जसअनुसार एसियाका १८ मुलुकलाई कोभ्याक्समार्फत १ करोड ६० लाख खोप वितरण गरिनेछ।

बाइडेन प्रशासनले सोमबार गरेको घोषणा अनुसार उसले दिने भनेको भ्याक्सिनमध्ये ४१ मिलियन डोज कोभ्यास संयन्त्रमार्फत वितरण गरिनेछ। जसमा १४ मिलियन ल्याटिन अमेरिका र क्यारेबीयन देशहरुलाई उपलब्ध गराइनेछ।

१६ मिलियन नेपालसहित एसियाका १८ देशलाई प्रदान गरिनेछ। १० मिलियन डोज अफ्रिकाका देशहरुलाई दिइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.