आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सरकारको निर्णय

डिसी नेपाल
८ असार २०७८ १९:३२
1.1k
Shares

काठमाडौं। सरकारले कोरोना महामारीका कारण स्थगित गरिएको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको निर्णय राजपत्रमा प्रकाशितसमेत भएको छ।

सरकारले संक्रामक रोग ऐन २०२० अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवामा प्रतिबन्ध लगाएको थियो। अब सो प्रतिबन्ध हटाउने निर्णय भएको हो। हवाई उडानमा स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने छ। गत वैशाखा तेस्रो हप्तापछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो। सरकारले केही मुलुकका लागि अन्तर्राष्ट्रिय उडानहरु यसअघि नै शुरु गर्न अनुमति दिइसकेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *