सानदार जित निकाल्दै क्रोएसिया अन्तिम १६ मा
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा क्रोएसियाले सानदार जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ।
ह्याम्पडेन पार्कमा मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा क्रोएसियाले स्कटल्याण्डलाई ३ – १ गोलअन्तरले पराजित गरेको हो।
क्रोएसियाका लागि निकोला भलासिक, लुका मोड्रिच र इभान पेरिसिकले एक एक गोल गरे।
स्कटल्याण्डका क्यालुम ग्रेगोरले एक गोल फर्काए।

पहिलो हाफको १७ औं मिनेटमा निकोला भलासिकले गोल गर्दै क्रोएसियालाई १ -० को अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्तिम समय ४२ औं मिनेटमा क्यालुम ग्रेगोरले गोल गर्दै स्कटल्याण्डलाई १ – १ को बराबरीमा ल्याए।
दोस्रो हाफको ६२ औं मिनेटमा कप्तान लुका मोड्रिचले उत्कृष्ट गोल गर्दै क्रोयसियालाई २ – १ को अग्रता दिलाए।
खेलको ७७ औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई ३ – १ को जित दिलाए।
दुवै टोलिले गोल गर्ने केही सुनौलो अवसर पाएपनि त्यसलाई नतिजामुखि बनाउन सकेनन्।
समूह ‘डी’ मा रहेको क्रोएसिया एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकाल्दै समूहको दोस्रो स्थानमा छ। क्रोएसियाले तीन खेलमा ४ अंक जोडेको छ।
पराजित स्कटल्याण्ड समूह चरणको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ। तीन खेलमा एक बराबरी र दुई खेलमा हारको नतिजा निकालेको स्कटल्याण्डले १ अंक मात्रै बटुल्न सफल भयो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment