पोल्याण्डविरुद्ध स्विडेनलाई अग्रता

डिसी नेपाल
९ असार २०७८ २२:३३
44
Shares

काठमाडौं। युईएफए युरोकप फुटबलमा अहिले स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ।

क्रेस्टोस्कि स्टेडियममा जारी समूह चरणको अन्तिम खेलको पहिलो हाफ स्विडेनले अग्रता लिएको छ।

ईमेल फोर्सबर्गले खेलको दोस्रो मिनेटमा उत्कृष्ट गोल गर्दै स्विेडनलाई १ – ० को अग्रता दिलाएका हुन।

Image

पहिलो हाफको १८ औं मिनेटमा रोर्बट लेवान्डोस्किले हेडरमार्फत गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले प्रहार गरेको बल गोलपोस्टमा लागेर रिबाउण्ड भएको थियो। रिबाउण्ड बललाई पुन लेवान्डोस्किले प्रहार गर्दा उक्त बल गोलपोस्टको नजिकैबाट बाहिरीएको थियो।

Image

यो समूहबाट स्विडेन एक खेल अगावै नकआउट चरणमा प्रवेश गरिसकेको छ। आजको खेलमा जित निकाल्दै स्विडेन समूह विजेता बन्न चाहान्छ।

समूह चरणको पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको स्विडेनले दोस्रो खेलमा स्लोभाकियालाई १ – ० ले पराजित गरेको थियो।
स्विडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *