पोर्चुगल र फ्रान्सको पहिलो हाफ एक एक गोलको बराबरी
रकाठमाडौं। युईएफए युरोकप फुटबलमा अहिले दुई उपाधि दाबेदार टिम पोर्चुगल र फ्रान्सबीच प्रतिस्प्रधा भइरहेको छ।
पुस्कास स्टेडियममा जारी समूह चरणको अन्तिम खेलको पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको छ।
पहिलो हाफको ३१ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई १ – ० को अग्रता दिलाएका हुन।
पहिलो हाफको इन्जुरी समयमा फ्रान्सले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई करिम बेन्जिमाले गोलमा परिणत गर्दै फ्रान्सलाई १ – १ गोलको बराबरीमा ल्याएका हुन।

खेलको १७ औं मिनेटमा एम्बाप्पेले गोल गर्ने सुनौलो अवसर पाएका थिए। किपरसँग वान टु वान अवस्थामा उनले प्रहार गरेको बलले गोलपोस्टको दिशा लिन सकेन।
समूह ‘एफ’ मा डिफेन्डिङ च्याम्पियन पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा स्थान सुनिश्चित गर्न चाहान्छ।
फ्रान्ससँग बराबरी गर्न सकेको अवस्थामा पनि पोर्चुगलको नकआउट पुग्ने सम्भावना बलियो छ। पोर्चुगल २ गोलभन्दा कम गोलअन्तरमा पराजित भएमा पनि नकआउटमा पुग्न सक्ने छ।
समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३ – ० ले पराजित गरेको पोर्चुगल दोस्रो खेलमा जर्मनीसँग ४ – २ ले पराजित भएको थियो।
पोर्चुगल २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ।
विश्व विजेता फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ। स्टार खेलाडिको बर्चस्व रहेको फ्रान्स पोर्चुगललाई हराएर समूह विजेता बन्न चाहान्छ।
पहिलो खेलमा जर्मनीलाई १ – ० गोलले पराजित गरेको फ्रान्स दोस्रो खेलमा हंगेरीसँग १ – १ को बराबरीमा रोकिएको थियो।
समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment