श्रीलंकाविरुद्धको टी–ट्वान्टी सिरिज इंग्ल्याण्डको नाममा

डिसी नेपाल
११ असार २०७८ ८:०२
88
Shares

काठमाडौं। श्रीलंकाविरुद्धको दोस्रो टी- ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डले लगातार दोस्रो जित हात पारेको छ।  बिहीबार राति भएको दोस्रो टी-ट्वान्टी खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो।

इंग्ल्याण्डले १२ ओभरमा ६९ रन बनाएर ४ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल केही बेर स्थगित गरिएको थियो। सोही कारण इंग्ल्याण्डले १८ ओभरमा १ सय ३ रनको नयाँ लक्ष्य पाएको थियो।

डिएलएसका आधारमा श्रीलंकाले दिएको १ सय ३ रनको लक्ष्य घरेलु टोलि इंग्ल्याण्डले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

इंग्ल्याण्डको जितमा लियम लिभिङस्टोनले अविजित २९ रनको इनिङ्स खेले। यस्तै स्याम बिलिङ्सले २४ रनको योगदान दिदा स्याम करन १६ रनमा अविजित रहे।

श्रीलंकाका हसरंगा डी सिल्भाले २ विकेट लिए। यस्तै दुश्मन्था चामिरा, बिनुरा फ्रनान्डो र इसुरु उडानाले समान एक एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सकेको थियो।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ३९, कप्तान कुशल परेराले २१ र र इसुरु उडानाले अविजित १९ रन बनाए।

इंग्ल्यान्डका आदील राशिद र मार्क वुडले समान दुइ दुई विकेट लिदा साम कुरान र क्रिस जोर्डनले एक एक विकेट लिए।

यो जितसँगै इंग्ल्यान्डले ३ खेलको टी – ट्वान्टी सिरिज एक खेल अगावै आफ्नो नाममा गरेको छ।

इंग्ल्यान्डले सिरिजमा २–० को अग्रता बनाएको छ।

दुई देशबीचको तेस्रो तथा अन्तिम टी – ट्वान्टी खेल शनिबार राति साउथ ह्याम्टनमा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *