चिलीलाई पराजित गर्दै पाराग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा
काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा पाराग्वेले चिलीलाई २ – ० गोलले पराजित गरेको हो।
पाराग्वेलाई जित दिलाउन ब्रायन साम्युडियो र मिगुएल अल्मिरोनले एक एक गोल गरे।
पहिलो हाफको ३३ औं मिनेटमा ब्रायनको गोलमार्फत पाराग्वेले अग्रता लिएको थियो। मिगुएल अल्मिरोनको पासमा ब्रायनले गोल गर्दै पाराग्वेलाई १ – ० को अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५८ औं मिनेटमा विपक्षी खेलाडी ग्यारी मेडेलले पेनाल्टी बक्सभित्र फउल गरेपछि पाराग्वेले पेनाल्टी पाएको थियो। उक्त अवसरमा पेनाल्टीमार्फत गोल गर्दै मिगुएल अल्मिरोनले पाराग्वेको जित सुनिश्चित गराएका हुन्।
जितसँगै पाराग्वे एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको छ। ३ खेलमा ६ अंक बटुलेको पाराग्वे अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
पराजित चिली यसअघि नै क्वाटरफाइनलमा पुगीसकेको छ। ४ खेलमा ५ अंक जोडेको चिली समूहको तेस्रो स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment