ऐतिहासिक जित निकाल्दै इटाली क्वाटरफाइनलमा

डिसी नेपाल
१३ असार २०७८ ३:२०
1.9k
Shares

काठमाडौं। युईएफए युरो २०२० फुटबलमा संघर्षपूर्ण जित निकाल्दै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ।

इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न खेलको अतिरिक्त समयमा अष्ट्रियालाई २ – १ ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको हो।

इटालीका लागि फेडेरिको चियसा र म्यासियो प्यासिनाले एक एक गोल गरे। अष्ट्रियाका लागि सासा कलाज्डिकले एक गोल र्फकाए।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिए पछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो।

Image

अतरिक्त समय ९५ औं मिनेटमा फेडेरिको चियसाले गोल गर्दै इटालीलाई १ – ० को अग्रता दिलाएका थिए। १०५ औं मिनेटमा म्यासियो प्यासिनाले गोल गर्दै इटालीलाई २ –  ० को अग्रता दिलाए।

Sasa Kalajdzic (Austria) meets the corner and displays his eye for goal as he coolly plants a header from close range into the bottom right corner. The score is 2:1.

अतिरिक्त समयको ११४ औं मिनेटमा सासा कलाज्डिकले एक गोल र्फकाए पनि अन्य गोल हुन सकेन।

 

१७ औं मिनेटमा निकोलो बरेलाले डिबक्स भित्र गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले प्रहार गरेको बल अष्ट्रियाका गोलकिपरले उत्कृष्ट बचाव गरेका थिए।

खेलको ३० औं मिनेटमा सिरो इमोबिलेले डिबक्सबाहिरबाट प्रहार गरेको बल गोलपोस्टमा लागेर बाहिरीएको थियो।

दास्रो हाफको सुरुवाती समय ५० औं मिनेटमा पेनाल्टी बक्सको ठिक बाहिर अष्ट्रियाले फ्रिकिक प्राप्त गरेको थियो। जसमा कप्तान डेभिड अलवाले गोल गर्न सकेनन।

Image

६६ औं मिनेटमा मार्को अर्नाटोभिचले हेडरमार्फत गोल गरेका थिए। तर, भीएआरबाट अफसाईड देखिएपछि गोलले मान्यता पाएन।

यो जितसँगै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ। इटालीले अब बेल्जियम र पोर्चुगलबीचको विजेतासँग प्रतिस्प्रधा गर्ने छ।

पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेर किर्तीमान कायम गरेको अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरीएको छ।

 

इटालीको किर्तीमान ः

Image

अष्ट्रियालाई पराजित गरेसँगै इटलीले सबैभन्दा धेरै खेलमा अपराजित हुने किर्तीमान कायम गरेको छ। रोबर्टो मान्सिनीको प्रशिक्षणमा रहेको इटालीले आफ्नै नाममा रहेको ३० खेलको अपराजित किर्तीमान तोड्दै नयाँ किर्तीमान कायम गरेको हो।

सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन। यस अवधिमा भएका ३१ खेलमा इटालीले २६ जित र ५ खेलमा बराबरीको नतिजा निकालेको छ।

यसअघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *