नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको पहिलो हाफ गोलरहित बराबरी

डिसी नेपाल
१३ असार २०७८ २२:३३
96
Shares

काठमाडौं। युईएफए युरो २०२० अन्र्तगत नकआउट चरणको तेस्रो खेलमा अहिले नेदरल्याण्ड्सले चेक रिपब्लिकको सामना गरिरहेको छ।

हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ गोलरिहत बराबरीमा सकिएको छ।

खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्ने धेरै अवसर सिर्जना गर्न सकेनन। बनाएका केही अवसरमा पनि दुवै टिमले गोल गर्न नसक्दा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको हो।

Image

पहिलो हाफको ८ औं मिनेटमा नेदरल्याण्ड्सका म्याथिज डी लाइटले प्रहार गरको हेडरले गोलको दिशा लिन सकेन।

Image

३८ औं मिनेटमा एन्टोनिन बराकले गोल गर्ने सुनौलो अवसर पाएका थिए। तर, उनले प्रहार गरेको बल गोल पोस्ट माथिबाट बाहिरीयो।

Antonin Barak (Czech Republic) misses a good chance to score. An inch-perfect cross into the box finds Antonin Barak (Czech Republic) who rises for a header, but sends the ball well over the bar. The ball is out of play. Czech Republic win a corner kick.

आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।

नेदरल्यान्ड्स समूह ’सी’ मा शतप्रतिसत जित निकाल्दै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो।

चेक रिपब्लिकले समूह ’डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो। समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको थियो। समूह चरणका तीन खेलमा एक जित १ बराबरी र १ हारका साथ नकआउट चरणमा प्रवेश गरेको हो।

यस खेलको विजेताले ३ जुलाईमा क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ। डेनमार्क वेल्सलाई ४–० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *