नेदरल्याण्ड्सलाई नकआउट गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा

डिसी नेपाल
१३ असार २०७८ २३:४०
748
Shares

काठमाडौं। युईएफए युरो २०२० फुटबलमा नेदरल्याड्सलाई पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ।

हंगेरीको पुस्कास एरिनामा आइतबार राति सम्पन्न खेलमा दश खेलाडीमा सिमित नेदरल्याण्ड्सलाई २ – ० गोलअन्तरले पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको हो।

चेक रिपब्लिकका लागि टाँमस हालेस र प्याट्रिक शिकले एक एक गोल गरे।

Goal! Tomas Kalas peels away from his marker to connect with the resulting free kick and heads the ball towards Tomas Holes (Czech Republic), who does brilliantly to nod the ball into the net. He makes it 0:1.

दोस्रो हाफको ६८ औं मिनेटमा टाँमस हालेसले गोल गर्दै नेदरल्याण्ड्सलाई १ – ० को अग्रता दिलाएका थिए। उनले टाँमस कालेसको पासलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए।

Image

खेलको ८० औं मिनेटमा टाँमस हालेसको सुन्दर पासमा प्याट्रिक शिकले गोल गर्दै चेक रिपब्लिकलाई २ – ० को जित दिलाए।

पहिलो हाफ गोलरहित बराबरी भए पनि खेलको ५५ औं मिनेटमा नेदरल्याण्ड्सका म्याथिज डी लाइटले विपक्षी खेलाडी प्याट्रिक शिकलाई फउल गरेपछि रेडकार्ड पाएका थिए। त्यसपछि नेदरल्याण्ड्स १० खेलाडीमा सिमित भएको थियो। त्यसको फाइदा उठाउँदै चेक रिपब्लिकले विजयी हासिल गर्यो।

Image

दुवै टिमले गोल गर्ने केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन।

पहिलो हाफको ८ औं मिनेटमा नेदरल्याण्ड्सका म्याथिज डी लाइटले प्रहार गरको हेडरले गोलको दिशा लिन सकेन।

Antonin Barak (Czech Republic) misses a good chance to score. An inch-perfect cross into the box finds Antonin Barak (Czech Republic) who rises for a header, but sends the ball well over the bar. The ball is out of play. Czech Republic win a corner kick.

 

३८ औं मिनेटमा एन्टोनिन बराकले गोल गर्ने सुनौलो अवसर पाएका थिए। तर, उनले प्रहार गरेको बल गोल पोस्ट माथिबाट बाहिरीयो।

Image

 

दोस्रो हाफको सुरुवाती समय ५२ औं मिनेटमा डोनिएल मालेनले किपरसँग वान टु वान गोल गर्ने अवसर पाएका थिए। तर, उनले किपरलाई छलाउन नसक्दा गोल गर्नबाट चुके।

Imageअब चेक रिपब्लिकले ३ जुलाईमा हुने क्वाटरफाइनलमा डेनमार्कसँग प्रतिस्प्रधा गर्ने छ।

डेनमार्क वेल्सलाई ४–० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

समूह चरणमा शतप्रतिशत जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुग्ने धेरैको अनुमान थियो। तर, प्रि – क्वाटरफाइनल खेलमा भाग्यले साथ नदिदा र राम्रो पर्दशन गर्न नसकेका कारण नेदरल्याड्स प्रतियोगिताबाट बाहिरीएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *