रोनाल्डोका लागि खास रह्यो युरो २०२०

डिसी नेपाल
१४ असार २०७८ १८:०१
156
Shares

काठमाडौं। १६ औं संस्करणको युरोकप फुटबलबामा आइतबार राति बेल्जियमसँग पराजित भएसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगल नकआउट चरणबाटै बाहिरीएको छ।

समूह चरणमा गु्रप अफ डेथबाट कडा प्रतिस्प्रधाका बाबजुद नकआउट चरणमा स्थान बनाएको पोर्चुगलले प्रि क्वाटरफाइनलमा पनि बलियो प्रतिद्वन्द्धिको सामना गर्नुपर्यो। र नतिजा पोर्चुगलको पक्षमा आएन। बेल्जियमसँग १ – ० ले पराजित हुँदै पोर्चुगल प्रतियोगितबाट बाहिरीयो।

अब अर्को युरोकप करिब ४ वर्ष पछि हुनेछ। ३६ वर्षिया क्रिस्टियानो रोनाल्डो त्यसबेला सम्म करिब ४० वर्ष नाघ्ने छन। त्यसैले सायदै रोनाल्डोका लागि यो युरोकप खेलाडीको हिसाबमा अन्तिम युरोकप हुन सक्छ।

पोर्चुगल अन्तिम १६ बाट आउट भएर उपाधि रेसबाट बाहिरीए पनि खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि भने यो संस्करण एक खास सम्झन लायक प्रतियोगिता रह्यो।

समूह चरणको सुरुकै खेलबाट किर्तिमान कायम गर्न सुरु गरेका रोनाल्डोले एक पछि अर्को किर्तीमान कायम गर्न सफल भए।

रोनाल्डो बने सर्वाधिक युरोकप खेल्ने र सबैभन्दा धेरै गोल गर्ने खेलाडी - MeroKhelkud

रोनाल्डोका लागि युरो २०२०

रोनाल्डोले युरो २०२० को सुरुवाती खेलको दिन हंगेरीविरुद्ध मैदान उत्रदै सबैभन्दा धेरै संस्करण युरोकप खेल्ने खेलाडीको किर्तीमान कायम गरे। उनले लगातार युरोकपको पाचौं संस्करण खेल्दै सबैभन्दा बढी पाँच संस्करण युरोकप खेल्ने खेलाडीको किर्तीमान कायम गरेका हुन।

पहिलो पटक सन् २००४ को युरोकप खेलेका रोनाल्डोले त्यसपछिका संस्करण क्रमश सन् २००८, २०१२, २०१६ र २०२० गरी कूल पाँचौ संस्करण युरोकप खेलेका छन।

सन् २०१६ को संस्करणमा त रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि समेत जितेको थियो।

Euro 2021: Cristiano Ronaldo equals world record for national goals – Archyworldys

१६ औं संस्करणको प्रतियोगितामा रोनाल्डोले पुरुष फुटबलमा सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन।

रोनाल्डोले इरानका लिजेण्ड फुटबलर अली दाइको नाममा रहेको १ सय ९ अन्तराष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका हुन्। समूह चरणमा फ्रान्सविरुद्ध पेनाल्टीमा दुई गोल गर्दै रोनाल्डोले दाइको कीर्तिमानसँग बराबरी गरेका हुन्। रोनाल्डोले १ सय ७८ खेलमा १ सय ९ गोल गरेका छन्।

Euro 2021 - Portugal: Cristiano Ronaldo becomes top scorer in national history with Ali Daei with 109 goals - Archysport

रोनाल्डोले यस संस्करणबाट युरोकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरे।

फ्रान्सेका मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान भंग गर्दै उनले युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको किर्तीमान आफ्नो नाममा गराएका हुन।

यस सिजनको युरोकपमा रोनाल्डोले ४ खेलमा ५ गोल गरे। यो सँगै रोनाल्डोले युरोकपमा आफ्नो गोल संख्या १४ पुर्याएका छन्।

डेब्यु संस्करणमा २ गोल गरेका रोनाल्डोले त्यसपछिका संस्करणमा क्रमश १, ३, ३ र ५ गोल गरेका छन।

Euro 2021 – Euro: Cristiano Ronaldo lost Portugal to Germany

रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्तरुपमा सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन। पूर्व जर्मनिका स्टार स्ट्राइकर मिरोस्लाव क्लोजको नाममा रहेको १९ गोलको किर्तीमान तोड्दै रोनाल्डोले उक्त किर्तीमान आफ्नो नाममा गराएका हुन।

रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१ गोल पूरा गरेका छन। युरोकपमा १४ गोल गरेका रोनाल्डोले विश्वकपमा ७ गोल गरेका छन्।

 

Belgium edges Portugal, reaches quarterfinals at Euro 2020 | Loop Trinidad & Tobago

जारी युरोकपमा रोनाल्डो धेरै गोल गर्ने खेलाडीको सूचिमा एक नम्बरमा छन। रोनाल्डोले ४ खेलमा ५ गोल गरेका छन।

समूह चरणको सुरुवाती खेलमा हंगेरीविरुद्ध २ गोल गरेका रोनाल्डोले दोस्रो खेलमा जर्मनीविरुद्ध पनि १ गोल गरे। समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पहिलो पटक गोल गर्न सफल रोनाल्डोले २ गोल गरे। नकआउट चरणको खेलमा बेल्जियमका विरुद्ध भने रोनाल्डो गोल बिहीन बने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *