स्पेन र क्रोएसियाबीचको पहिलो हाफ १ – १ गोलको बराबरी

डिसी नेपाल
१४ असार २०७८ २२:३८
336
Shares

काठमाडौं। युईएफए युरो २०२० मा नकआउट चरणको खेलमा अहिले स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ।

डेनमार्कको पार्केन एरिनामा जारी खेलको पहिलो हाफ सकिदा १ – १ गोलको बराबरी भएको छ।

Image

स्पेनका किपर उनाई साइमनले खेलको २० औं मिनटमा आफ्ना साथीले गरेको सामान्य ब्याक पासलाई नियन्त्रणमा लिन नसक्दा स्पेनले दुर्भाग्यपूर्ण गोल खाएको थियो।

Image

सोही आत्मघाती गोल मद्दतमा क्रोएसियाले स्पेनविरुद्ध १ – ० को अग्रता लिएको थियो।

तर, पहिलो हाफको अन्तिम समय ३८ औं मिनेटमा पाब्लो साराबियाले गोल गर्दै स्पेनलाई १ – १ को बराबरी दिलाए।

Image

दुवै टिमले केही गोल गर्ने सुनौलो अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्।

खेलको १६ औं मिनेटमा स्पेनले गोल गर्ने सुनौलो अवसर पाएको थियो। पेनाल्टी बक्सभित्र कोकेले पाएको सुनौलो अवसरलाई गोलमा परिणत गर्न सकेनन्।

दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन्।

स्पेनले समूह ’ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो। स्पेनले समूह चरणका ३ खेलमा १ जित र २ खेलमा बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको हो।

क्रोएसिया समूह चरणका ३ खेलमा १ जित, १ बराबरी र १ खेलमा हार बेहोर्दै नकआउट चरणमा पुगेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *