क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
काठमाडौं। युईएफए युरो २०२० मा क्रोएसियालाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ।
डेनमार्कको पार्केन एरिनामा सोमबार राति सम्पन्न खेलमा क्रोएसियालाई ५ – ३ गोलअन्तरले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयको खेल ३ – ३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप दुई गोल गर्दै स्पेनले क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो।
स्पेनका लागि पाब्लो सराबिया, सीजर अल्पिजिकुएटा, फारेन टोरेस, अलभारो मोराठा र माईकल ओयर्जबालले एक एक गोल गरे।
क्रोएसियाका लागि मिस्लाव ओर्सिच र मारियो पासालिकले एक एक गोल फर्काए। क्रोएसियाले एक गोल भने आत्मघाती उपहार पाएको थियो।
ब्याक पासमा बल रोक्ने क्रममा स्पेनका गोलकिपर पेड्रीले आत्मघाती गोल गरेका थिए।
स्पेनका किपर उनाई साइमनले आफ्ना साथी पेड्रीले गरेको सामान्य ब्याक पासलाई नियन्त्रणमा लिन नसक्दा स्पेनले दुर्भाग्यपूर्ण गोल खाएको थियो।
सोही आत्मघाती गोलको मद्दतमा क्रोएसियाले १ – ० को सुरुवाती अग्रता बनाएको थियो।
जारी प्रतियोगिताको यो नवौं आत्मघाती गोल हो।
तर, पहिलो हाफको अन्तिम समय ३८ औं मिनेटमा पाब्लो साराबियाले गोल गर्दै स्पेनलाई १ – १ को बराबरी दिलाएका थिए। गोलपोस्टमा रिबाउन्डमा लागेको बललाई उनले गोलमा परिणत गरेका हुन।
दोस्रो हाफमा सीजर अल्पिजिकुएटाल हेडरमार्फत गोल गर्दै स्पेनलाई २ – १ को अग्रता दिलाए।
५७ औं मिनेटमा फारेन टोरेसले उपलब्ध गराएको सुन्दर पासमा हेडरमार्फत गोल गर्दै अल्पिजिकुएटाले गोल गरेका हुन्।
खेलको ७७ औं मिनेटमा फारेन टोरेसले गोल गर्दै स्पेनलाई ३ – १ को अग्रता दिलाएका थिए। पाउ टोरेसको पासमा उनले गोल गरेका हुन।
खेलको अन्तिम समय ८५ औं मिनेटमा मिस्लाव ओर्सिचले गोल गर्दै क्रोएसियालाई ३ – २ को स्थितिमा ल्याएका थिए।
खेलको इन्जुरी समययमा मारियो पासालिकले गोल गर्दै खेल ३ – ३ गोलको बराबरीमा ल्याएका हुन। सोही कारण खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो।
तर, थप भएको अतिरिक्त समयको १०० औं मिनेटमा अलभारो मोराठाले गोल गर्दै खेल ४ – ३ को अवस्थामा पुर्याए।
त्यसको लगत्तै १०३ औं मिनेटमा माईकल ओयर्जबालले गोल गर्दै स्पेनलाई ५ – ३ को जित दिलाएका हुन्।
खेलको १६ औं मिनेटमा स्पेनले गोल गर्ने सुनौलो अवसर पाएको थियो। पेनाल्टी बक्सभित्र कोकेले पाएको सुनौलो अवसरलाई गोलमा परिणत गर्न सकेनन्।
अब स्पेनल क्वाटरफाइनलमा फ्रान्स र स्विजरल्याण्डको विजेतासँग प्रतिस्प्रधा गर्ने छ।







डिसी नेपाल







Facebook Comment