विश्व विजेता फ्रान्सविरुद्ध स्विट्जरल्यान्डको अग्रता

डिसी नेपाल
१५ असार २०७८ १:३३
260
Shares

काठमाडौं। युईएफए युरो २०२० को छैटौं क्वाटरफाइनल खेलमा अहिले फ्रान्सले स्विट्जरल्यान्डको सामना गरिरहेको छ।

रोमानियाको नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिदा विश्व विजेता फ्रान्स विरुद्ध स्विट्जरल्यान्डले अग्रता लिएको छ।

हारिस सेफ्रोविचले गोल गर्दै स्विट्जरल्यान्डलाई १ – ० को अग्रता दिलाएका हुन्।

Image

पहिलो हाफको १५ औं मिनेटमा स्टीभन जुबेरले उपलब्ध गराएको उत्कृष्ट पासमा गोल हेडरमार्फत आर्कषक गोल सेफ्रोविचले स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका हुन।

Image

खेलको दोस्रो मिनेटमा राफेल वारानले गोल गर्ने अवसर पाएका थिए। एन्टोइन ग्रिजम्यानले दिएको पासमा उनले प्रहार गरेको हेडर बल गोलपोस्ट माथिबाट बाहिरीएको थियो।

Image

एड्रिएन रबीओटले गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले खेलको २९ औं मिनेटमा प्रहार गरेको बल गोलपोस्टको दायाँ साइड नजिकैबाट बाहिरीएको थियो।

दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्। स्विट्जरल्यान्ड लागि विश्व विजेता फ्रान्ससँग जित निकाल्न निकै गाह्रो हुनेछ।

फ्रान्स ग्रुप अफ डेथ अर्थात समूह ’एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। समूह चरणका ३ खेलमा फ्रान्सले २ खेलमा बराबरी र १ खेलमा जित हासिल गरेको थियो।

स्विट्जरल्यान्डले समूह ’ए’ बाट उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा स्थान बनाएको थियो। स्विट्जरल्यान्डले समूह चरणका ३ खेलमा १ जित १ बराबरी र १ हार नतिजा निकालेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *