टि–२० विश्वकप युएइ र ओमनमा हुने, प्रतियोगिताको मिति सार्वजनिक

डिसी नेपाल
१५ असार २०७८ १७:५९
192
Shares

काठमाडौं। कोरोना महामारीका कारण यस पटकको टि–२० विश्वकप युएइ र ओमनमा हुने भएको छ । भारतमा हुने भनिएको विश्वकप युएइ र ओमनमा खेलिनेछ तर आयोजक भने भारत नै रहनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) मंगलबार यसको घोषणा गरेको हो । विश्वकप १७ अक्टोबरदेखि २४ नोभेम्बरसम्म खेलिनेछ ।

आइसीसीका अनुसार प्रतियोगिताको आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआक्ष्) रहनेछ । खेल दुर्ब अन्तर्राष्ट्रिय स्टेडियम, अबु धाबीको शेख जायेद स्टेडियम र ओमन क्रिकेट एकेडेमीको मैदानमा १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म खेलिनेछ । प्रतियोगिताको पहिलो चरणमा नयाँ छनोट भएका ८ टिम खेल्नेछन् । यी खेल ओमन र युइएमा खेलिनेछन् । यीमध्ये ४ दिन सुपर १२ मा पुग्नेछन् ।

यो विश्वकप २०१६ पछि पहिलो टि–२० विश्वकप हुनेछ । यसअघिको उपाधि वेष्ट इण्डिजले जितेको थियो । यस पटकको विश्वकपमा पहिलो चरणमा ८ टिमहरु बंगलादेश,श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमन र पपुआ न्यूगिनी खेल्नेछन् । यस वर्षको विश्वकपमा टेस्ट मान्यता प्राप्त जिम्बाब्बे भने खेल्न पाउने छैन । जिम्बाब्बेको बोर्डलाई आइसीसीले लगाएको प्रतिबन्धका कारण यस्तो भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *