स्विडेन र युक्रेनबीचको पहिलो हाफ १ – १ गोलको बराबरी
काठमाडौं। युईएफए युरो २०२० फुटबलको नकआउट चरणको अन्तिम खेलमा अहिले स्विडेन र युक्रेनबीच प्रतिस्प्रधा भइरहेको छ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा जारी खेलको पहिलो हाफ सकिदा युक्रेन र स्विडेनले १ – १ गोलको बराबरी खेलेका छन।
पहिलो हाफको २७ औं मिनेटमा ओलेक्सान्डर जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई १ – ० को अग्रता दिलाएका थिए। उनले रिबाउण्डमा पेनाल्टी बक्सभित्र पाएको बलमा आर्कषक गोल गरेका हुन।
तर, पहिलो हाफको ईमेले फोर्सबर्गले गोल गर्दै स्विडेनलाई १ – १ को बराबरीमा ल्याएका हुन। उनले लङ रेञ्जबाट उत्कृष्ट गोल गर्दै स्विडेनलाई खेलमा फर्काएका छन।

यो गोलसँगै फोर्सवर्ग जारी युरोकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा उक्लिएका छन। जारी युरोकपमा सबैभन्दा धेरै क्रिस्टियानो रोनाल्डोले ५ गोल गरेका छन भने करिम बेन्जिमा, फोर्सवर्ग र प्याट्रिक शिकले चार चार गोल गरेका छन।
प्रतिस्प्रधात्मक खेलमा दुवै टिमले गोल गर्ने केही सुनौलो अवसर पनि बनाएका थिए।
युक्रेनका एन्ड्री यार्मोलेन्कोले खेलको ११ औं मिनेटमा गोल गर्ने अवसर पाएका थिए उनले प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरीएको थियो।
१९ औं मिनेटमा इलेक्ज्याण्डर ईसाकले गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले डिबक्सभित्र पाएको पासलाई सही दिशा दिन सकेनन्।
दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।
स्विडेन समूह ’ई’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। समूह चरणका तीन खेलमा स्विडेनले दुई जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो।
युक्रेन समूह ’सी’ बाट युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। युक्रेनले समूह चरणका तीन खेलमा एक जित र २ खेलमा हार बेहोरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment