माई सेकेण्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टलाई जनही १ लाख हस्तान्तरण
काठमाडौं। गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको त्री देशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रि«य क्रिकेट टोलीलाई विहीबार एक समारोहबीच मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई नगद रु. ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही रु. १ लाख प्रदान गरेको छ। प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेशिया र नेदरल्याण्डडस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियाे।
नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए।
नगद हस्तान्तरण कार्यक्रममा इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने, ‘ट्राई नेशन सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्वशाली महसुस भएको छ। नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्तर्राष्टिय खेलकुद जगत्मा नेपाल चाडैँ नै फस्टाउने कुरामा निकै आशावादी रहेको छु।’
नेपालको शैक्षिक क्षेत्रको स्तरोन्नतिमा लागि परेको यस ई लर्निङ प्लेटफर्मले नेपाली खेलकुद एवम् नेपाली युवा वर्गको विशिष्ट प्रतिभामा समेत विशेष ध्यानाकर्षण गर्दै उनीहरुको योग्यताको शही पहिचान तथा हौसलामा बढावा दिई यस प्रतिस्पर्धाको आयोजना गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment