टोकियो ओलम्पिकबाट म्याराथनका गोपीचन्द्रको नाम काटियो, सरस्वतीले मौका पाइन्

डिसी नेपाल
१७ असार २०७८ २०:२०
192
Shares

काठमाडौं। जापानको टोकियोमा हुने ओलम्पिक गेम्समा नेपालबाट म्याराथनमा सहभागी हुने पक्का भए पनि धावक गोपीचन्द्र पार्कीको नाम अन्तिम समयमा काटिएको छ।

नेपाल ओलम्पिक कमिटी, नेपाल एथ्लेटिक्स संघ र राष्ट्रिय खेलकुद परिषदले विहीबार सँयुक्त विज्ञप्ति जारी गर्दै पार्कीको नाम काटिएको जानकारी दिएको छ। पार्कीको नाम काटिएको र १०० मिटर दौड स्पर्धाका लागि सरस्वती चौधरी जापान जाने पक्का भएको विज्ञप्तिमा उल्लेख छ।

आयोजकले म्याराथनमा सहभागी हुने खेलाडीको संख्या धेरै भएको भन्दै नेपालको कोटा काटिदिएको जनाइएको छ। पार्कीले नेपागन्ज म्याराथनमा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरेका थिए। १३ औं सागमा ५ हजार मिटरमा पार्कीले स्वर्ण पदक जितेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.