क्यानडा पठाइदिने भन्दै डेढ करोड ठगी गर्ने पक्राउ
काठमाडौं । प्रहरीले क्यानडामा राम्रो काम लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले काभ्रे पाँच खाल घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारीलाई क्यानाडा पठाउने नाममा डेढ करोड रुपैया ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार अधिकारीले वर्किङ भिसामा क्यानाडा पठाएर राम्रो कम्पनीमा काम लगाई दिन्छु भन्दै डेढ करोड भन्दा बढी ठगी आरोपमा पक्राउ गरिएको हो । उनले सर्लाही लालबन्दीकी यमुना बस्नेतसँग १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भई फरार भएका थिए । महाशाखाका अनुासर अधिकारीलाई प्रहरीले काभ्रेको बनेपास्थित दाहालगाउँबाट पक्राउ गरेको हो ।
महाशाखाका अनुसार अधिकारीले यमुना बस्नेतसँग मात्र नभएर अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको खुलेको छ । उनले हालसम्म एक करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको र पीडितहरु उजुरी दिन आउने क्रम जारी रहेको महाशाखाले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment