उपहार गोल मद्दतमा स्पेनलाई अग्रता
काठमाडौं। युइएफए युरो २०२० को पहिलो क्वाटरफाइनल खेलमा अहिले स्पेन र स्विजरल्यान्ड बीच प्रतिस्प्रधा भइरहेको छ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले अग्रता लिएको छ।
स्पेनले उहार गोलको मद्दतमा पहिलो हाफमा १ – ० को अग्रता बनाएको हो। खेलको आठौँ मिनेटमा जोर्डी अल्बाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार स्विजरल्याण्डका डेनिस जकरियासँग डिफलेक्ट हुँदै गोल भएको थियो।
उक्त उपहार गोलमा स्पेनले खेलको पहिलो हाफमा १ – ० को अग्रता बनाएको हो।
खेलको २५ औं मिनेटमा स्पेनका सीजर अजपिलीकुएटाले गरेको प्रहार स्जिरल्याण्डका गोलकिपरले बचाएका थिए।
यसबाहेक पहिलो हाफमा गोल गर्ने अवसर दुवै टिमले गोल गर्ने अवसर समेत बनाउन सकेनन।
आजको खेलमा जित निकाल्दै दुवै टिम सेमिफाइनलमा स्थान बनाउन चाहान्छन।
तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर क्वाटर फाइनलको यात्रा तय गरेको हो। प्रि–क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित थियो।
स्विजरल्याण्डले साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। प्रि–क्वाटरफाइनलमा स्विजरल्याण्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो।







डिसी नेपाल







Facebook Comment