१० वर्षको उमेरमा ८० वर्ष उमेरको बुढो शरीर भएकी बालिकाको मृत्यु

डिसी नेपाल
१९ असार २०७८ १३:१९
852
Shares

काठमाडौं। १० वर्षको उमेरमा ८० वर्षको बुढो शरीर भएकी बालिकाको मृत्यु भएको छ । ती बालबालिकाको शरीर बुढो भएका कारण प्राकृतिक रुपमै उनको मृत्यु भएको हो । एक आनुवंशिक विकृतिका कारण उनको शरीर आफ्नो वास्तविक उमेरभन्दा १० गुणा बुढो भएको थियो । इरिना इरोच्का खिमिच यस्तो समस्या भएका विश्वभरीका १७९ जना बालबालिका मध्येकी एक थिइन् । डाक्टरहरुका अनुसार यो आनुवंशिक समस्यालाई प्रोगेरिया भनिन्छ ।

यी बालिका कलाकृति बनाउँथिन् र आफ्नो उपचारको लागि यी कलाकृति बेचेर पैसा जम्मा गरिरहेकी थिइन् । यी बालिका आफ्नो छोटो आयुमै क्यानभास पेन्टिङमा दक्ष भएकी थिइन् र उनका कलाकृति विभिन्न आर्ट ग्यालरीमा राखिएका छन् । उनको कला प्रदर्शनी अब पेरिसमा आयोजना गर्ने तयारी थियो तर त्यो समय नआउँदै उनको मृत्यु भयो । उनकी ३९ वर्षकी आमा डायनाले इरोच्काको मृत्यु भएको पुष्टि गरिन् ।

डाक्टरहरुका अनुसार प्रत्येक वर्ष उनको शरीर करिब १ दशक बुढो हुन्थ्यो । यही कारण उनी आफ्नो उपचारको लागि अमेरिकाको बोस्टन जाने तयारी भइरहेको भए पनि जान नपाउँदै उनको मृत्यु भयो । यो समस्या भएका बालबालिकाहरु सामान्यतया २० वर्षभन्दा धेरै बाँच्दैनन् तर अमेरिकामा एक महिला भने ४३ वर्षको उमेरसम्म बाँचिरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *