डेनमार्कलाई पहिलो हाफमा दोब्बर अग्रता

डिसी नेपाल
१९ असार २०७८ २२:३५
892
Shares

काठमाडौं। युईएफए युरो २०२० फुटबलमा अहिले चेक रिपब्लिक र डेनमार्कबीच प्रतिस्पर्धा भइरहेको छ।

बाकु ओलम्पिक स्टेडियममा जारी तेस्रो क्वाटरफाइनलको पहिलो हाफ सकिदा  डेनमार्कले २ – ० गोलको अग्रता लिएको छ।

थाँमस डेलानीले खेलेको ५ औं मिनेटमा गोल गदैं डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए।

Image

४२ औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २ – ० को अग्रता दिलाएका हुन।

Image

पहिलो हाफमा नै डेनमार्कले राम्रो सुरुवात गरेको छ।

आज दुवै टिम जित निकाल्दै समिफाइनलमा पुग्न चाहान्छन।

चेक रिपब्लिकले बलियो टोलि नेदरल्यान्ड्सलाई स्तब्ध पादै क्वाटर फाइनलको यात्रा तय गरेको थियो। उक्त क्रममा चेक रिपब्लिकले नेदरल्यान्ड्समाथि २–० गोलअन्तरले जित निकालेको थियो।

डेनमार्कले वेल्सलाई सहजै पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। उक्त क्रममा नेदरल्याण्ड्सले वेल्समाथि ४–० को फराकिलो जित हात पारेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *