डेनमार्क सेमिफाइनलमा, चेक रिपब्लिक २ – १ ले पराजित
काठमाडौं। युईएफए युरो २०२० फुटबलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ।
अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा शनिबार राति सम्पन्न तेस्रो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २ – १ गोलअन्तरले पराजित गदैं डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो।
डेनमार्कलाई जित दिलाउन थाँमस डेलानीले र कास्पर डोलवर्गले एक एक गोल गरे।
चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए।
खेलको पाँचौं मिनेटमा थोमस डेलानीले हेडरमार्फत उत्कृष्ट गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए। लार्सेनले दिएको कर्नर पासमा गोल गर्दै डेलानीले डेनमार्कलाई १ – ० को अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्तिम समय ४२ औं मिनेटमा कास्पर डोलवर्गले गोल मार्फत डेनमार्कले २ ० को अग्रता दिलाए। जोकिम माहेलको सुन्दर पासमा गोल गर्दै डोलवर्गले डेनमार्कलाई २ – ० को अग्रता दिलाए।
दोस्रो हाफको सुरुवातमै प्याट्रिक शिकले गोल गर्दै चेक रिपब्लिकलाई २ – १ को स्थितिमा पुर्याए। शिकले दोस्रो हाफको ४८ औं मिनेटमा व्लादिमीर कफको पासमा गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काउने प्रयास गरेका थिए।
उनले जारी युरोकपमा शिकले सर्वाधिक गोलकर्ताको सूचिमा क्रिस्टियानो रोनाल्डोको गोलसंख्यासँग बराबरी गरेका छन। उनले डेनमार्कविरुद्ध गोल गर्दै युरो २०२० मा ५ गोल गरेका हुन।
दुवै टिमले गोल गर्ने केही सुनौलो अवसर सिर्जना गरेका थिए।
पहिलो हाफको १७ मिनेटमा डेनमार्कका थामस डेलानीले गोल गर्ने सुनौलो अवसर पाएका थिए। तर, उनले गरेको प्रहार गरेको गोलपोस्ट नजिकैबाट बाहिरीएको थियो।
खेलको २२ औं मिनेटमा चेक रिपब्लिकका टामस होल्सले गरेको प्रहार कास्पर स्मीचेलले उत्कष्ट बचाव गरेका थिए।
खेलको ७८ औं मिनेटमा डेनमार्कका युसुफ पोल्सनले गोल गर्ने असर सिर्जना गरेका थिए। उनले प्रहार गरेको बल चेक रिपब्लिकका किपरले बचाएका थिए।
जोकिम माहेलाले खेलको ८२ औं मिनेटमा प्रहार गरेको बल चेक रिपब्लिकका गोलकिपरले बचाएका थिए।
जित निकालेसँगै डेनमार्क सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। अब डेनमार्कले फाइनल प्रवेशका लगि इंग्ल्याण्ड र युक्रेनबीचको विजेतासँग प्रतिस्प्रधा गर्ने छ।
हार सँगै चेक रिपब्लिक प्रतियोगिताबाट बाहिरीएको छ।







डिसी नेपाल







Facebook Comment