सानदार जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा

डिसी नेपाल
२० असार २०७८ ८:५५
1.3k
Shares

काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।

स्ट्याडियो ओलम्पियाकोमा आइतबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई ३ – ० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डि पउल र लुटारो मार्टिनेजले एक एक गोल गरे।

Image

पहिलो हाफको ४० औं मिनेटमा रोड्रिगोले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। उनले लियोनल मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई १ – ० को अग्रता दिलाए।

Image

दोस्रो हाफको अन्तिम समय ८४ औं मिनेटमा लुटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २ – ० को अग्रता दिलाए। उक्त गोलमा पनि मेस्सीले नै पास उपलब्ध गराएका थिए।

Image

खेलको इन्जुरी समयमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३ – ० को जित दिलाए। मेस्सीले पेनाल्टी बक्सको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिकमा उत्कृष्ट गोल गरेका हुन।

Image

 

मेस्सीको यस सिजनको कोपा अमेरिकामा यो चौथो गोल हो। उनी धेरै गोल गर्ने खेलाडीको सूचिमा शिर्ष स्थानमा छन्।

 

इक्वेडरका पियारो हिन्कापीले खेलको ९० औं मिनेटमा डिमारीयालाई फउल गरेपछि रेडकार्ड पाएका थिए। उनले दोहोरो पँहेलो कार्ड पाएपछि रेडकार्डा पाएका हुन।

दुवै टिमले गोल गर्ने केही सुनौलो अवसर गुमाए।

पहिलो हाफको २३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्ने सुनौलो अवसर पाएका थिए। किपरसँग वान टु वानको अवस्थामा उनले प्रहार गरेको बल गोलपोस्टमा लागरे रिबाउण्ड भएको थियो।

इक्वेडरका इनर भ्यालेन्सियाले पहिलो हाफको इन्जुरी समयममा पाएको अवसरमा प्रहार गरेको हेडर बललाई गोलपोस्टको दिशा दिन सकेनन।

Image

जितसँगै अर्जेन्टिना प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि कोलम्बियासँग प्रतिस्प्रधा गर्ने छ।
कोलम्बिया यसअघि नै उरुग्वेलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *